नियम ९९
योजना तर्जुमा तथा कार्यान्वयन समिति
(१) न्यायपालिकाको रणनीतिक योजनाअनुसार अदालतमा बार्षिक कार्ययोजनाको तर्जुमा र कार्यान्वयन समेतका कार्य गर्न देहाय बमोजिमको योजना तर्जुमा तथा कार्यान्वयन समिति रहनेछः- (क) प्रमुख भै काम गर्ने न्यायाधीश वा निजले तोकेको न्यायाधीश -अध्यक्ष (ख) तहसिलदार -सदस्य (ग) स्रेस्तेदार -सदस्य सचिव (२) उपनियम (१) वमोजिमको समितिको बैठकमा आवश्यकताअनुसार न्यायाधीश सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय बार इकाइ र अन्य सम्बन्धित निकायका प्रतिनिधिलाई आमन्त्रण गर्न सकिनेछ (३) उपनियम (१) बमोजिमको समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः ० (क) न्यायपालिकाको रणनीतिक योजनाको अधीनमा रही अदालतको लागि वार्षिक कार्यान्वयन योजनाको तर्जुमा र कार्यान्वयन गर्ने । (ख) कार्यान्वयन योजनाको आवधिक रुपमा सर्मीक्षा गर्ने । (ग) रणनीतिक योजनाको कार्यान्वयनको लागि आवश्यक अन्य कार्य गर्ने ।